चार्डवार्डकाे समयमा होसियार रहन अनुरोध   

6.3k
Shares

रसुवा। 

 चार्डवार्डकाे समयमा हुन सक्ने चोरी तथा लुटपाटको सम्भावित घटनालाई मध्ये नजर राख्दै महँगा  गर गहना लगाएर  नहिँड्न स्थानीय बासिन्दा सामु नेपाल प्रहरीले अनुरोध गरेको छ ।

  तिहार पर्वका अवसरमा घर माइत गर्दा हुलमुल भएका स्थान र पैदलमार्गका एकान्त स्थानमा लुटेराहरूले  शरिरमा लगाइएका गर गहना  लुट्न सक्ने संभावनालाइ मध्ये नजर राख्दै महँगा  खाले सुनका कुनैपनि गर गहना  नलगाउन नेपाल प्रहरीले आग्रह गरेको हाे । यदि कतै टाढा दुरीमा जानै पर्ने  अवस्था आएका भरपर्दो र विश्वासिलो आफन्तका साथमा मात्र हिँड्न समेत अनुरोध गरिएको  प्रहरीले जनाएको छ ।

कुनैपनि लामाे दुरीमा यात्रा गर्दा  आफ्ना सम्पत्तिको ख्याल राख्न र सुरक्षा चाहिने अवस्था आएमा समयमै नेपाल प्रहरीलाई  खवर गरी  सहयोग लिन समेतअनुराेध गरिएको जिल्ला प्रहरी प्रमुख केशव भटृराईले बताएका छन् ।

 यस्तै जिल्ला प्रशासन कार्यालय रसुवाको तर्फबाट एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिहारको मौका छोपी जुवातास खेलाउने पटका पट्काउने जस्ता गैह्र कानुनी  गतिविधि गर्ने वा गराउने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने बताए  ।

 स्थानीय प्रशासनले जारी गरेको आदेशलाई शिरोपर गर्दै गैह्रकानूनी कृयाकलाप रोक्न रसुवा प्रहरीले  सुरक्षा गस्तीलाई तीव्रता दिएको जनाइएको छ ।