सशस्त्र प्रहरीबलको वार्षिक उत्सव सम्पन्न, निःशुल्क जग्गादातालाई सम्मान 

4.89k
Shares

बाजुरा। 

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बाजुराले विविध कार्यक्रम गरी नवनिर्मित भवन चाराटीमा छैटौँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरीवल बाजुरामा स्थापना गेको छ वर्ष  पूरा गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपानेको प्रमुख आतिथ्यतमा मंगलवार सम्पन्न भएको हो ।

‘सशस्त्र प्रहरी बलको स्थापनाको उद्देश्य अनुसार समुदाय र राष्ट्रका लागि महत्त्वपूर्ण भूमिका खेलेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेले बताए । मुलुकका हरेक विपद् तथा सङ्कटमा नागरिकहरुको जिउ ज्यानको रक्षा तथा राष्ट्रको सुरक्षा संवेदनशीलतामा समेत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेको उनले बताए ।

 सशस्त्र प्रहरीवल बाजुराका गुल्मपति एबं डिएस्पी श्याम रावतले बाजुराको शान्ति सुरक्षार्थ स्थापना गरिएको प्रहरीवलले जिल्लाको प्राकृतिक विपद्,बजार सरसफाइ, शान्ति सुरक्षा लगायतका तमाम मानवीय सहयोग गर्दे आएको बताए । सशस्त्र प्रहरीवल आश्रित गुल्म बाजुलाई निःशुल्क जग्गा उपलब्ध गराउने बडीमालिका नगरपालिका वडा नं नौ चौराटाका बासिन्दालाई विशेष धन्यवाद दिएका थिए। चन्नौटी सामुदायिक वनले जग्गा उपलब्ध नगराएको भए अहिले प्रहरीवलको आफ्नै भवन हुँदैन थियो। प्रदेशकै आश्रित गुल्म जिल्लामा पनि भवन विहिन गुल्म बन्नुपर्ने अवस्था थियो। लामो प्रयास पछि स्थानीयले शान्ति सुरक्षाको आवस्यकता महशुस गर्दे जग्गा उपलब्ध गराएकोमा गुल्मपति रावतले प्रशंसा गरे । करिब पाँँच रोपनी जग्गामा सशस्त्र प्रहरीवलको आफ्नै भवन बनेको छ ।  बाटो ,भवन तथा कार्यालय व्यवस्थापनका लागि  जिल्लाका नौ वटै पालिकाका पमुखलाई  अनुरोध गर्दछु उनले भने । 

कार्यक्रममा विभिन्न बिधाका खेलहरु भलिबल, हाजिरी जबाफ निबन्ध दौड लगाएका कार्यक्रममा उकृष्ठ सशस्त्र प्रहरी यो वर्ष उकृष्ट कार्यसम्पादन गरेका सशस्त्र प्रहरीलाई पुरस्कार सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुरालाई जग्गा सहयोग गरेको जनौटी सामुदायिक बनका अध्यक्ष भक्तबहादुर विष्टलाई दोसल्ला र  प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा, खप्तड छेडेदह गाउपालिका अध्यक्ष दिलबहादुर रावत, हिमाली गाउपालिका अध्यक्ष गोविन्द मल्ल, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या विशिष्ट अतिथि रहेका थिए । पूर्व जनप्रतिनिधि बडिमालिका नगरपालिकाका ७,८,९ र बुढीगंगा नगरपालिका ४ वडाका वडा अध्यक्षहरु सुरक्षा निकायाका प्रमुख व्यापारी पत्रकारहरुको उपस्थिति रहेको थियो ।