क्षमताभन्दा बढी दर्शक प्रवेश गराइएपछि रंगशालाको प्याराफिटमा क्षति (भिडियोसहित)

43.8k
Shares

काठमाडौँ।

यो दृश्य दशरथ रंगशालाको भीआईपी प्याराफिटको तलतिर रहेको राष्ट्रिय बक्सिंग प्रशिक्षण हलको हो। साफ महिला च्याम्पियनशिप अन्तर्गत आइतबार भएको नेपाल र भारतबीचको दोस्रो सेमीफाइनल खेलका क्रममा सिट क्षमताभन्दा बढी दर्शक प्रवेश गराइएपछि भौतिक संरचनामा समेत असर पुगेको छ ।

भीआईपी प्याराफिटको उत्तरतर्फको रहेको बक्सिंग हलको पिल्लर तथा भित्ताहरु चर्केका छन । आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो।

लगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै बुधबार हुने बंगलादेश र नेपालबीचको फाइनल खेलको टिकट बिक्री रोकेको थियोे ।

भिडियो :