रसुवागढी केरूङ राजमार्ग आजदेखि सञ्चालनमा

4.14k
Shares

रसुवागढी ।

गत असोज १२ गते अविरल वर्षाका कारण रोकिएको रसुवागढी केरुङ सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। चिनियाँ भू-भाग मा वर्षाका कारण अवरुद्ध भएको सडक मर्मत संभार गरी यातायात सञ्चालनमा ल्याइएको हो।

कार्तिक १२ गते सोमबार नै सञ्चालनमा आउने भनिएता पनि  सडकको काम नसकिएकाले १३ गते मंगलबार बिहान वाट सडक पूर्णरूपमा एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको हो ।सडक बन्दा साथ बिहानै देखि सयौँको सङ्ख्यामा रहेका मालवाहक कन्टेनर र साना ठुला गाडी हरू केरूङ वाट रसुवागढी नाका हुँदै नेपाल आइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पौडेलले बताए।

सडकको अवस्था हेरेर १३ टन क्षमताका  मालवाहक सवारीसाधन र अन्य साना ठुला गाडीहरू मात्र ओहोरदोहोर गराइने चिनियाँ पक्षले जानकारी दिएको प्रजिअ पौडेलले बताए। चिनियाँ भूभागको ठोङसा नजिकैको पाखामा अत्यधिक वर्षा भएका कारण सडक माथिबाट पहिरो जाँदा अवरुद्ध सडक त्यस माथि भोटेकोसी नदीमा बाढीले सडक बगाइदिएपछि नाका पूर्णरूपमा  बन्द भएको थियो।

असोज १२ गते परेको पानी ले पहिरो आई सडक भत्काएको र बाढीले सडक बगाएको हो ।