बमको सूचना झुटो भएपछि दिल्ली फर्किँदै एयर इन्डियाको विमान


काठमाडौँ । 

काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इन्डियाको विमानमा बम राखेको सूचना झुटो साबित भएको छ ।

सुरक्षा जाँचपछि विमानमा कुनै बम नभएको पुष्टि भएको हो । 

एआई २१६ उडान नम्बरको एयर इन्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको थियो । 

सोमबार दिउँसो साढे २ बजे काठमाडौँमा अवतरण भएको विमानमा बम रहेको सूचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए ।

बमको सूचना भने दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट काठमाडौँ विमानस्थलमा आएको बताइएको छ ।

बमको सूचना झुटो साबित भएसँगै विमान दिल्ली फर्किने तयारीमा रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो । तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो ।