भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रस्ट छ- गृहमन्त्री लेखक


काठमाडौँ । 

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रस्ट रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण-नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रस्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा राखेका थिए ।

उनले भने- ‘प्रस्तुत विधेयक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारका तर्फबाट आग्रह छ । यी विधेयक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’

उनले आउँदो अधिवेशबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न  र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे ।

उनले भने- ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्वन्धी ऐनलाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन् । जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ ।’