कामपा प्रहरीद्वारा प्लास्टिकको फूलमाला होलसेल र पसलमा छापा

6.3k
Shares

काठमाडौं ।

  काठमाडौं महानगरपालिकाले सोमबार लाखौ रुपियाँ  बराबरको  प्लास्टिकका पुष्पगुच्छा, माला  जफत गरेको छ । कामपा प्रहरीको टोलीले  थोक बिक्रि हुने महाबौद्धको विभिन्न होलसेल पसलमा छापामारी सयौं माला, पुष्पगुच्छ र लक्ष्मी पुजामा प्रयोगहुने विभिन्न प्रकारका प्रतिबन्धित सामाग्री बरामद गरेको कामपा वातावरण व्यवस्थापन विभागले आइतबार प्रतिबन्धित प्लास्टिकजन्य सामाग्री र फूलमाला जफत  गर्ने सुचना जारी गरेको थियो ।

 सोही सुचनाको आधारमा कामपा प्रहरी टोलीले  राजधानीको थोक र  खुद्रा पसलमा छापा मारेर प्लाष्टिकको फूल माला र पुष्पगुच्छा बरामद गरेको हो । कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आज सोमबारबाट  सबै वडाका प्लास्टिकको माला बिक्रि गर्ने पसलमा प्रहरी परिचालन गरेको जानकारी दिए ।  

भिडियो :