काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ


काठमाडौँ। 

नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१६ रानीवन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी बिट रानीवनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।