अदालतमा हराएको ३३ लाखको हार वकिलको खल्तीमा भेटिएपछि‍‍‍‍‍‍‍‍…


काठमाडौं ।

अदालतभित्रै हराएको ३३ लाख रुपैयाँ बराबरको हिराको हार वकिलको खल्तीमा फेला परेको छ। काठमाडौं जिल्ला अदालतमा जमुना घलेकोको ३३ लाख रुपैयाँ बराबरको हिराको हार बिहीबार हराएको थियो । उक्त हार प्रहरीले सिसिक्यामेराको सहयोगमा शुक्रबार फेला पारेको हो। 

सो हार एक कानुन व्यवसायीसँग भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका स्रोतका अनुसार, सिसिक्यामेरामा एक कानुन व्यवसायीले हारलाई टिपेर खल्तीमा राखेको देखिएको छ।

बार एसोसियशनको सहयोगमा प्रहरीले उक्त कानुन व्यवसायीको पहिचान गरेको थियो । प्रहरीका अनुसार अहिले ती कानुन व्यवसायीले हराएको हार धनीलाई फिर्ता गरिसकेका छन्।