राणा शासनको अन्त्यपछि  कुनै पनि सरकारले नगरेको काम  माओवादी नेतृत्वको सरकारले गर्‍यो : नारायणकाजी श्रेष्ठ


काठमाडौँ। 

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा हुँदा २००७ सालदेखिका सरकारले गर्न नसेकको काम गरेर देखाएको दाबी गरेका छन्। 

शनिबार माओवादी केन्द्रले सरकारविरुद्ध आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारहरूको नीद बिगार्नेगरी आफूहरुले काम गरेको समेत जिकिर गरे। 

‘२००७ सालदेखि बनेको कुनै पनि सरकारले नगरेको काम हाम्रो सरकारले गर्‍यो,उनले भने, ‘भष्ट्रचारहरुलाई हामीले कानुन र कारबाहीको दायरामा ल्यायौं। त्यतिखेर भनियो-अलिहेको प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भयो। आनन्दले कहिल्यै सुत्न नपाइने भयो भनेर भ्रष्टाचारीहरु, गठहरु राज्य लुट्नेहरुले भन्थे।’ 

तर, आम जनताले भने सुखका साथ सुत्ने दिनको सुरुवात गरेको उनले बताए। श्रेष्ठले भने, ‘हामीले भनेका थियौं, जनताले सुखका साथ सुत्ने दिनको सुरुवात भएको छ। हामी त्यो चाहान्छौं।’

आफूहरुको सरकारलाई भ्रष्टचारी र लुटेराहरुले नै विस्थापित गरेको उनको दाबी थियो।