लम्जुङ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएका छन् । शनिबार लमजुङमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी गुरुङले सहकारी ठगी बारेको अनुसन्धान नरोकिने प्रष्ट पारेका हुन् । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दवाव आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने बताए ।
उनले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिष गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पारे।
‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन् । रबि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन्’ उनले भने, “कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन, प्रक्रियाअनुसार सबै काम अघि बढिरहेको छ ।’ ‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढछ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन।’
उनले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको बिकल्प नरहेको प्रष्ट पारे । मन्त्री गुरुङले सडकमा बितण्डा देखाएर सुशासनको बिपक्षमा रास्वपा उभिनु गलत रहेको चर्चा गरे ।











प्रतिक्रिया