उदयपुर सिमेन्ट उद्योग निजीकरण गर्न हुँदैन 

2.26k
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ मा रहेको सरकारी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग सरकारले  निजीकरण गर्न लागेकोमा यहाँका राजनीतिक दल तथा मजदुर संगठनहरुले बिरोध जनाएका छन् । 

सिमेन्ट कारखानाको मजदुर संगठनले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा वक्ताहरु सबैले सरकारले सिमेन्ट कारखाना निजीकरण गर्न लागेकोमा आक्रोस व्यक्त गर्दै सयौको रोजीरोटी खोसेर सरकारले मजदुरहरुलाई  र कर्मचारीहरुलाई समस्यामा पार्न खोजेको जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट ब्युरो सदस्य तथा संविधानसभा सदस्य मञ्जु कुमारी चौधरीले उदयपुरको गहनाका रुपमा रहेको सिमेन्ट उद्योग सरकारी कारणले नै धरासायी बन्दै गएकोले यसलाई कर्मचारी र मजदुरहरु तथा स्थानीय उद्योगी व्यवसायी सबै मिलेर जोगाउनु पर्ने कुरामा जोड दिइन । 

एमाले नेतृ चौधरीले यस्तो महत्त्वपूर्ण उद्योग बचाएर जोगाएर सञ्चालन गर्नुको साटो निजीकरण गरेर मास्ने प्रयत्न गर्नु उचित नहुने  बताइन ।