काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँमा प्रदर्शन शुरु गरेको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित प्रदर्शन शुरु गरेको हो ।
रास्वपाले आज अपराहन्न १ बजेदेखि काठमाडौँको माइतीघरमा प्रदर्शन शुरु गरेको हो । रास्वपाका समर्थकले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरीरहेका छन् ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले हिजो मात्र थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।











प्रतिक्रिया