हलान्डको दुई गोलमा सिटीको सहज जित


काठमाडौं ।

म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेक रिपब्लिकको क्लब स्पार्टा प्रागलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पार्टा प्रागलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ। त्यस्तै स्पार्टा प्रागको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा २१औँ स्थानमा छ।