प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ। प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुढ दलको बैठक बोलाएको बताइएको छ।