काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेली जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश गरेका छन् ।
तेलीलाई खानेपानीमन्त्री समेत रहेका जसपा नेता प्रदिप यादवले पार्टीमा स्वागत गरेका छन् ।
मन्त्री यादवले तेलीले सही राजनीतिक विकल्पतर्फ उठाएको साहसी र प्रेरणादायक निर्णयको सम्मान गर्दै उनलाई पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।
प्रतिक्रिया