काठमाडौँ।
युनिलिभर नेपालले बाढीपहिरो पीडितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।
युनिलिभर नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ ।
युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया