छविलाल जोशीलाई रुपन्देही ल्याइयो


बुटवल । 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही ल्याइएको छ । 

बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रुपन्देही ल्याएको हो ।

संसदीय समितिको कारबाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो ।