विश्वमा टी–२० क्रिकेटको लोकप्रियता

0
Shares

क्रिकेटको लोकप्रियता ५० ओभरको एकदिवसीय र पाँच दिन हुने टेस्ट हुँदासम्म खासै थिएन। यो दुई फरम्याटको लोकप्रियता भनेको सीमित देशमा रहेको छ। भारत, अस्टे«लिया, इंग्ल्यान्डमा यी फरम्याटको खेलमा दर्शक भरिभराउ हुन्छन्। क्रिकेटको लोकप्रियता टी–२० फरम्याट आएपछि बढेको हो। जब २० ओभरको फरम्याट शुरू भयो तब क्रिकेट विश्वभरि चम्कन शुरू भयो।

टी–२० को शुरूआत इंग्ल्यान्डबाट भएको हो। सन् २००३ मा इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले काउन्टी क्रिकेट शुरू गरेसँगै टी–२० क्रिकेटको श्रीगणेश भयो। नयाँ ढाँचाको टी–२० क्रिकेटलाई परिचय न्युजिल्यान्डका लिजेन्ड मार्तिन क्रोले गराएका थिए। ५० ओभर र टेस्ट क्रिकेटमा दर्शक कम हुन थालेपछि टी–२० को आविष्कार गर्ने काउन्टीका प्रमुख हुँदा मार्तिनमा आएको उनले बताएका थिए।

टी–२० क्रिकेट नाम दिएको यो ढाँचाले सबैको मन जित्यो। यसले गर्दा धेरै देशमा टी–२० फ्रेन्चाइजी लिग शुरू भयो र विभिन्न राष्ट्रका खेलाडीले १२ महिनै खेल्न अवसर पाए। ५० ओभरको क्रिकेटको लिग गराउने संभव छैन। किनभने ५० ओभरको खेल दिनभरि नै लाग्छ। तर, टी–२० भने छिटै सकिने भएकाले यसलाई फास्ट फुड भन्न सकिन्छ। फास्ट फुडकै स्वाद यसले पस्केको छ र भविष्यमा पस्किरहने विश्वास छ।

टी–२० का केही तथ्य :

-एउटा खेल सकिन बढीमा साढे तीन घण्टा लाग्छ। जबकी, टेस्टमा पाँच दिन लाग्छ भने ५० ओभरको एक खेल सकिन दिनभरि नै लाग्छ।

-पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल सन् २००४ मा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच भएको छ । यो महिला टी–२० खेल थियो।

-सन् २००५ मा अस्टे«लिया र न्युजिल्यान्डबीच भएको खेल पहिलो पुरुष टी –२० अन्तर्राष्ट्रिय खेल थियो।

-यसको लोकप्रियता बढ्दै गएपछि विभिन्न देशमा फ्रेन्चाइजी टी २० लिग शुरू भएको। नेपालमा पनि एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग आयोजना भएको।

-फ्रेन्चाइजी लिगले गर्दा नेपालका स्पिनर सन्दीप लामिछानेले विभिन्न फ्रेन्चाइजी लिग अस्टे«लियाको विगवास, वेस्टइन्डिजको क्यारिबियन लिग, पाकिस्तान प्रिमियर लिग, इन्डियन प्रिमियर लिगमा खेलेर प्रसिद्ध कमाएको।

-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो फरम्याटलाई मान्यता दिएपछि सन् २००७ मा टी–२० क्रिकेटको विश्वकप शुरू भयो। दक्षिण अफ्रिका पहिलो विश्वकप आयोजक बन्न सफल।

-भारतीय टिम टी–२० क्रिकेटको पहिलो विश्वकप जित्ने टिम। दक्षिण अफ्रिकामा भएको फाइनलमा भारतले पाकिस्तानलाई हराएको।
-टी–२० को फरम्याटले गर्दा नेपालले क्रिकेट विश्वकपमा खेल्ने अवसर प्राप्त ग¥यो। ५० ओभरको एकदिवसीय विश्वकपमा भने नेपालले खेल्न पाएको छैन।

-नेपालले सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी–२० विश्वकपमा खेलेको।

-नेपालले पुरुष क्रिकेटतर्फ उच्चतम् टिम स्कोरको विश्व कीर्तिमानसमेत राख्न सफल।

-नेपालले मंगोलियाविरुद्ध २०२३ मा चीनमा आयोजित एसियन गेम्समा ४ विकेटको क्षतिमा ३१४ रन बनाएको।

-टी २० फरम्याटमै नेपालका दीपेन्द्रसिंह ऐरीले सोही एसियन गेम्स २०२३ अन्तर्गत मंगोलियाविरुद्ध ९ बलमा ५० रन बनाएर विश्व कीर्तिमान राखेको।

-टी २० क्रिकेटमा एउटै टिमले सर्वाधिक छक्का प्रहार गरेको विश्व कीर्तिमान पनि नेपालसँगैं रहेको छ। नेपालले सोही एसियन गेम्समा मंगोलियाविरुद्ध २६ छक्का प्रहार गरेको।

-टी २० क्रिकेटमा ३ सय रन बनाउने नेपाल पहिलो टिम।

-वेस्ट इन्डिजका क्रिस गेलले २०१३ मा व्यक्तिगत उच्चतम १७५ रनको विश्व कीर्तिमान राखेको। रोयल च्यालेन्जर्सका लागि खेलेका उनले इन्डियन प्रिमियर लिगअन्तर्गत पुणे वारियर्सविरुद्ध नटआउट इनिङ खेल्दै विश्वकीर्तिमान राख्न सफल भएको।

-क्रिस गेल सर्वाधिक रन बनाउनेमा पनि पहिलो स्थानमा छन्। उनले १४,५६२ रन बनाएका छन्।

-क्रिस गेल सर्वाधिक शतक प्रहार गर्नेमा पनि पहिलो स्थानमा छन्। उनले कुल २२ शतक प्रहार गरेका छन्।

-छिटो शतक प्रहार गर्नेमा इस्टोनियाका साहिल चौहान रहेका छन्। साहिलले २०२४ मै साइप्रसविरुद्ध २७ बलमा शतक प्रहार गरेर क्रिस गेलले राखेको कीर्तिमानलाई छायामा पारेको।

-क्रिस गेलले २०१३ मा रोयल च्यालेन्जर्सका लागि खेल्दा पुर्णे वारियर्सविरुद्ध ३० बलमा शतक प्रहार गर्दै विश्वकीर्तिमान राखेका थिए।

-क्रिस गेलले सर्वाधिक १,०५६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएको। दोस्रो, तेस्रो, चौथो स्थानमा पनि वेस्ट इन्डिजकै खेलाडी रहेका छन्।

-यस फरम्याटको सर्वाधिक विकेट लिने सूचीमा पहिलो स्थानमा वेस्ट इन्डिजकै बलर छन्। ड्वाएन ब्राभोले सर्वाधिक ६३१ विकेट लिएका छन्। ६१३ विकेट लिएर दोस्रो स्थानमा रहेका अफ्गान बलर रासिद खानले उनलाई पछ्याइरहेका छन्।