गण्डकीको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त 


कास्की ।

 गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका भेषबहादुर पौडेललाई वन तथा वातावरण मन्त्रालयको मन्त्री पदमा नियुक्त गरेका छन् ।

राजीव गुरुङ उर्फ दीपक मनाङेले छाडेको वन तथा वातावरण मन्त्रालयमा पौडेललाई मुख्य मन्त्री पाण्डेले नियुक्त गरेका हुन् ।

पौडेलको आजै नै साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ । योसँगै गण्डकी प्रदेश सरकारले पूर्णता  पाएको छ ।

गण्डकीमा हाल ९ मन्त्रालय छन्। कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।