भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु


काठमाडौं ।

भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ। शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृतकहरू सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ।