अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक


काठमाडौं ।

कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। तेस्रो नम्बरमा ब्याटिङ गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो । भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका छन्।

अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। नेपालले १७ ओभरमा ४ विकेटको क्षेतिमा १ सय ३४ रन बनाएर खेलिरहेको छ ।