मेवेदर ‘द मनी म्यान’

0
Shares

प्रोफेशनल बक्सिङ करियरमा कुनै पनि प्रतिस्पर्धा नहारी रिटायर्ड हुने बक्सर विरलै पाइन्छन्। तीमध्येका एक हुन् फ्लोयड मेवेदर। उनी सक्रिय खेल जीवनको ५० प्रतिस्पर्धामा अपराजित रहे।

बक्सिङ लेजेन्ड मेवेदरको नाममा लगातार ५० म्याचमा अजय रहने कीर्तिमान पनि बनेको छ। मेवेदरले बक्सिङका सबैभन्दा महँगो भिडन्तमा मिक्स्ड मार्शल आर्ट्सका सुपरस्टार कोनोर मेकग्रेगोरलाई हराएर ५०औं जित दर्ता गराएका थिए। उक्त भिडन्त जितेपश्चात् मेवेदरले एक सय मिलियन डलर पाएका थिए। यो रकम भनेको नेपाली रुपियाँमा तुलना गर्दा अर्बांैमा पुग्छ।


मेवेदर अपराजित बक्सरका साथसाथै विश्वकै धनाढ्य खेलाडी पनि हुन्। उनले केही वर्षअघि विश्वप्रसिद्ध फोब्र्स म्यागाजिनले प्रकाशित गर्ने सर्वाधिक धनी खेलाडी सूचीको शीर्ष स्थान पनि कब्जा गरेका थिए। खेल्दा होस् वा रिटायर्ड लाइफ, सर्वाधिक धनी खेलाडीमध्येका एक मेवेदर सधैँ आफ्नो निजी जीवनका कारण चर्चामा रहने गर्छन्।

‘द मनी म्यान’ को उपनामबाट समेत चर्चित मेवेदरको घरमा जताततै नोटको बिट्टा छरिने गरेको चर्चा हुने गर्छ। पैसासहितको भरिभराउ ब्याग आफ्नो साथमा राख्ने हुनाले नै उनलाई ‘द मनी म्यान’ भनिन्छ। करिब साढे ६ हजार करोड नेट वर्थ भएका मेवेदरलाई आफ्नो बैंक ब्यालेन्स र नगदसँग धेरै लगाव छ।


मेवेदर आफ्नो निजी जेट विमानका कारण पनि चर्चामा रहने गर्दछन्। निजी विमानबाट विश्व भ्रमण गर्दै तस्वीर खिचेर सामाजिक सञ्जालमा सेयर गर्ने सौखिनकर्ता हुन् उनी। मेवेदरले प्रायः आफ्नो जन्मदिनमा करोडौं मूल्य पर्ने एउटा निजी जेट र गाडी किन्ने गरेका छन्। खरिद गरिएका जेट विमानमा ३ब्ष्चःबथधभबतजभच ३त्ःत् भनेर लेख्ने गर्छन्। जसको अर्थ ‘द मनी टिम’ हो। मेवेदरका थुप्रै निजी जेट विमान छन्। जी–५ निजी जेट विमानका मालिकसमेत रहेका उनी भ्रमणमा जाँदा उनका अंगरक्षक भने अर्को जेट विमानमा सफर गर्ने गर्छन्। आफू सफर गर्ने विमानमा धेरै मान्छेलाई राख्न डराउने भएकाले उनले यसो गरेको बताउने गरेका छन्।


सपिङका सौखिन मेवेदर सधैँ आफ्नो साथमा भारी नगद राख्ने गर्छन्। आफ्नो निजी बिमानमा पनि उनी थुप्रै पटक नोटको बिट्टासहित देखिने गर्छन्। उनीसँग थुप्रै सुविधा सम्पन्न कार पनि छन्। जसमध्ये लस भेगासको घरमा सबै सेतो रंगको गाडी राखेका छन्। त्यस्तै, मायमीमा रहेको अर्को घरमा भने थुप्रै कालो रंगका सुविधा सम्पन्न गाडी पार्क गर्ने गर्छन्। कार संकलनका सौखिन उनीसँग करिब चार करोड मूल्यको बेन्ट्ले कार पनि छ। मेवेदरले एकपटक प्रयोग गरेको जुत्ता अर्कोपटक लगाउँदैनन् भन्ने गरिन्छ। एकपटक लगाएपछि उनले आफ्नो जुत्ता स्टाफ सदस्यलाई दिने गर्छन्। उनी हरेक वर्ष ६ हजार पाँच सय डलर आफ्नो बक्सर्स (हाफ पेन्ट) मा खर्च गर्छन्। अनि त्यो पनि एकपटक प्रयोग गरेपछि लगाउँदैनन्।

मेवेदर ‘द मनी म्यान’सम्बन्धी केही जानकारी

मेवेदरले सन् १९९६ ओलम्पिक खेलमा हल्का तौलका लागि रजत पदक जितेका थिए।
उनका पिता फ्लोयड मेवेदर सिनियर र दाइ जोन मेवेदर पनि बक्सर थिए।
मेवेदरले पाँच विभिन्न तौल वर्गमा विश्व च्याम्पियनसिप जितेका छन्।
कडा प्रशिक्षण र अनुशासनलाई मेवेदर आफ्नो सफलताको सूत्र मान्छन्।
उनी चार बच्चाका पिता हुन्। उनी परिवारलाई धेरै महत्व दिन्छन्।
मेवेदरसँग आफूले लगाउने कपडाको चाङ छ र उनले बक्सिङका अतिरिक्त अन्य व्यवसायमा पनि लगानी गरेका छन्।
उनले ‘मेवेदर प्रमोशन्स’ नामको आफ्नो बक्सिङ प्रमोसन कम्पनी पनि सञ्चालन गरेका छन्।