टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते


एजेन्सी ।

मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

केही घाइतेको अवस्था गम्भीर छ । अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम भइरहेको बताएका छन् ।

अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे सहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ ।