पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा


काठमाडौँ । 

जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन् । नेपालले पहिलो हाफमा केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन ।

यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज नगरेपछि खेलेकी छैनन् ।