अमेरिका जाँदै सन्दीप


काठमाडौं । 

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ ।

यस अघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किएका थिए । भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग-२ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन् ।