टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


दाङ।

बंगलाचुली गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा१ ख १८५७ नम्बरको टिप्पर सोमबार बिहान १ बजे बंगलाचुली-४, जुम्लेपानीमा दुर्घटना हुँदा चालक गढवा गाउँपालिका -७ का २९वर्षीय प्रभु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

टिप्पर पल्टिएर सडकदेखि ८० मिटर तल पुगेको छ।