कपालमा बियर लगाउँदा हानि पनि गर्नसक्छ


फेसनमा रुचि हुनेहरूले अहिले कपालमा बियर लगाएर सुन्दर बनाउने प्रयास गरिरहेको पाइन्छ। तर, यसले कपाललाई पु¥याउने क्षतिबारे त्यति सचेत भएको पाइँदैन। कपालको वृद्धि तथा मजबुतिका लागि लगाइने बियरले नै कपाललाई नोक्सान गरिरहेको विशेषज्ञको भनाइ छ।


कपाल सुन्दर बनाउने सम्बन्धमा धेरै किसिमका घरेलु उपचार प्रचलनमा देखिन्छन् । यसबारे धेरै किसिमका विज्ञापन पनि भएको देखिन्छ। यस्तै, प्रभावमा परेर विशेषगरी, महिलाले कपाललाई सुन्दर र मजबुत तथा टिकाउ बनाउन बियरको प्रयोगद्यभभच ायच ज्बष्च त्चभबतmभलत० गर्ने गर्दछन्। यसरी कपालमा बियर लगाउँदा कपाल लामो हुने, बजबुत हुने तथा कपालसँग सम्बन्धित अन्य कयौँ समस्याको समाधान हुने विश्वास गरिन्छ।


वर्षायाममा कपालसम्बन्धी अनेक समस्या देखापर्ने गर्छन्। यस्ता समस्याबाट बच्न कैयौँले कपालमा बियरको प्रयोग गर्दछन्। बियरको प्रयोगले कपालमा थुप्रै फाइदा पनि हुन्छन्। तर,बियरलाई सही तरिकाले कपालमा प्रयोग गर्न नसके हानि पुग्छ। विशेषगरी कपाल धुने कार्यमा बियरको प्रयोग गरेको देखिन्छ। बियरमा रहेको भिटामिन बी, प्रोटिन र फ्लेवोनायड्सजस्ता एन्टीअक्सिडेटले कपाललाई पोषण प्रदान गर्छन्। यस्तै,बियरमा पाइने सेलेनियम तथा सिलिकनजस्ता खनिज तत्वले कपाललाई पोषण उपलब्ध गराउँछ। तर, सही तरिकाले प्रयोग गरिएन भने बियरलले कपाल तथा टाउकोको छालासँग सम्बन्धित समस्या सिर्जना हुनसक्छ।


बियरले हुनसक्ने समस्या:
यदि तपाईँ कपाललाई बियरले धुने गर्नुभएको छ भने बियरलाई सीधै केसमा नलगाउनु होस्। बियरलाई सीधै कपालमा लगाउँदा कपाल सुख्खा हुने र कपाल टुक्रिने समस्या हुनसक्छ। किन कि बियरमा अल्कोहलको मात्रा हुन्छ। अल्कोहललाई सीधै कपालमा लगाउनु हानिकारक मानिन्छ। त्यसैले कपालमा लगाउँदा पानी मिसाएर वा स्याम्पूपानी मिसाएर फिका बनाई लगाउनुपर्छ।

कपालमा १० मिनेटभन्दा बढी बियर लगाइराख्नाले कपालमा रुखोपन आउन सक्छ, जसले गर्दा कपाल टुक्रिने हुन्छ। धेरैजसोले कपालमा बियर लगाउँदा धेरै समय राख्ने भएकाले कपाल टुक्रिने, झर्ने समस्या हुन्छ। त्यसैले कपालमा बियर लगाउँदा १० मिनेटभन्दा बढी राख्नुहुँदैन। साथै बियर लगाइसकेपछि माइल्ड टाइपको स्याम्पूले धुनुपर्छ।
कपालमा बियर लगाउँदा कपालको लम्बाइ भरि नै बियर लगाउनु हुँदैन। कपालको जराको भाग अर्थात् टाउकोको छालमा मात्र लगाउनुपर्छ। लम्बाइमा लगाउँदा कपाल सुख्खा भएर टुक्रिन्छ। साथै कपालमा बियर प्रयोग गर्दा एकैपटक धेरै मात्रामा गर्नुहुँदैन।

जसको कपाल सुख्खा टाइपको छ उसले कपालमा बियरको प्रयोग नगर्नु नै राम्रो हो। किन कि बियरको प्रयोगले कपाल अझ सुख्खा हुन्छ। कपाल टुक्रिने, सेतो हुनेलगायत अन्य विभिन्न समस्या आउन सक्छन्। यस्तैगरी तेलीय कपालमा बियरको प्रयोग गरिसकेपछि कन्डिसनिङ गर्नुहुँदैन। वयली वा तेलीय कपालमा बियरले कन्डिसनरको काम गरेको हुन्छ। त्यसैले कपालमा एकैचोटि दोहोरो कन्डिसनिङ हुँदा कपालमा क्षति पुग्न सक्छ।
स्रोतः ओएमएच