कार्तिक १ गते बिहीबार, यस्ताे छ तपाईंको राशिफल


मेष : तपाईंका लागि दिन अनुकूल देखिँदैन । खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ ।

वृष : दिन उत्तम फलदायक भएकाले आर्थिक लाभ, साथीभाइ–इष्टमित्रबाट सहयोग हुन सक्छ ।

मिथुन : सानै प्रयासमा सुखको अनुभूति, स्वस्थता, कार्य सफल, साहस–आँट बढ्ने देखिन्छ ।

कर्कट : समय बलवान् छ । राजनीतिक सफलता, राज्यबाट लाभ, मान–सम्मानमा वृद्धि होला ।

सिंह : आकस्मिक रोगव्याधि, अस्वस्थता, शारीरिक कष्ट हुन सक्ने भएकाले सजग रहनु बेस ।

कन्या : दिन उत्तम फलदायक छ । द्रव्य लाभ, समस्या समाधान, विपरीतलिंगीबाट फाइदा होला ।

तुला : कर्तव्य गर्न नछोड्नुस् । धन लाभ, शत्रु विजय, प्रतिस्पर्धात्मक कार्यमा सफल हुने देखिन्छ ।

वृश्चिक : समय शुभ भएकाले कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति होला ।

धनु : अपच, झाडापखालाको सम्भावना छ । लखतरान परिएला, सजग रहनु नै बेस हुन्छ ।

मकर : समय बलवान् छ । पैसा प्राप्ति, इज्जत–प्रतिष्ठा वृद्धि, कार्य सफल, प्रसन्नता होला ।

कुम्भ : सानै प्रयासमा धन लाभ, प्रगतिको सम्भावना, कार्य सिद्धि, इज्जत वृद्धि हुने देखिन्छ ।

मीन : तपाईंका लागि समय शुभ छ । उत्तम भोजन, पुरस्कारको सम्भावना, काम बन्ने देखिन्छ ।