असोज ३० गते बुधबारकाे राशिफल


मेष: समय प्रतिकूल भएकाले आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुन सक्छ ।

वृष: तपाईंका लागि समय उत्तम छ । द्रव्य लाभ, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ ।

मिथुन: सानै प्रयासमा सुख–सन्तोष, कार्य सफल, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।

कर्कट: दिन बलवान् छ । राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, व्यापारिक लाभ, यश वृद्धि हुन सक्छ ।

सिंह: दिन अनुकूल नहुँदा रोगव्याधिको भय, आर्थिक नोक्सानी, बाधा–व्यवधान हुन सक्छ ।

कन्या: समय शुभ छ । धन आर्जन, अधुरा कार्य पूरा, मान–सम्मान, समस्याको समाधान होला ।

तुला: शुभ समयको आगमन भएकाले द्रव्य लाभ, परीक्षा प्रतियोगितामा विजय हुने देखिन्छ ।

वृश्चिक: दिन उत्तम फलदायक छ । धन प्राप्ति, सुख–सन्तोष, गरेका कार्य सफल, सन्तुष्टि होला ।

धनु: पेटमा गडबडी हुन सक्छ । दौडधूप, विवाद हुन सक्ने भएकाले सजग रहनु बेस हुन्छ ।

मकर: समय शुभ भएकाले द्रव्य लाभ, सम्मानित हुने अवसर, जागिर–व्यापारमा सफलता होला ।

कुम्भ: दिन बलवान् छ । आर्थिक लाभ, शुभ खबर, मित्रजनबाट सहयोग, आत्मसन्तुष्टि हुने देखिन्छ ।

मीन: तपाईंका लागि समय शुभ छ । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुन सक्छ ।