हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु


इलाम ।

इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ ।

चुलाचुली, महमाई, दानबारीलगायतका क्षेत्रमा हात्तीको समस्या बढ्दै गएको स्थानीयले बताएका छन् ।