यस्तो छ तपाईंको असोज २९ गते मंगलबारको राशिफल


मेष: पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । बेलुकीपख भने अस्वस्थताको सम्भावना छ ।

वृष: दिन शुभ भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ हुने सम्भावना छ ।

मिथुन: तपाईंका लागि दिन अनुकूल छ । राज्यबाट लाभ, यश वृद्धि, कार्य सिद्धि, सुख–सन्तोष होला ।

कर्कट: स्वास्थ्यमा समस्या आउन सक्छ । बेलुकीपख तपाईंका लागि राज्यबाट लाभ हुने देखिन्छ ।

सिंह: तपाईंलाई कुनै कुराको लाभ हुने देखिन्छ । तर बेलुकीपख भने अस्वस्थताको सम्भावना छ ।

कन्या: समय शुभ छ । आर्थिक लाभ, विजय, जीवनसाथीसँग आत्मीयता वृद्धि हुने देखिन्छ ।

तुला: समय शुभ भएकाले कार्य सिद्धि, धन प्राप्ति, सन्तोष, समस्या समाधान हुने देखिन्छ ।

वृश्चिक: शुरुमा समस्यामा अल्झिनुपर्ने हुन सक्छ । तर बेलुकीपख कार्य सिद्धि, सन्तान–सुख होला ।

धनु: विविध कुराको लाभ, प्रसन्नता होला । बेलुका भने दौडधूप, पेट गडबड हुन सक्छ ।

मकर: समय उत्तम फलदायक छ । धन लाभ, सन्तुष्टि, आर्थिक लाभ, पराक्रम, सम्मान हुन सक्छ ।

कुम्भ:समय शुभ भएकाले मिष्ठान्न भोजन, कार्य सफल, सुख–सन्तोष, धन लाभ हुने देखिन्छ ।

मीन: शुरुमा नोक्सानी, अस्वस्थता हुन सक्छ । बेलुकीपख सफलता, उपहारादि वस्तु प्राप्ति होला ।