असोज २८ गते सोमबार, यस्तो छ तपाईँको राशिफल


मेष: समय अनुकूल छ । द्रव्य लाभ, परिवार–सुख, उत्तम भोजनको अवसर मिल्नेछ ।

वृष: तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, स्वस्थता, सुखानुभूति हुने देखिन्छ ।

मिथुन:समय अनुकूल भएकाले राज्य सुख, यश–कीर्ति, मांगलिक यात्राको सम्भावना छ ।

कर्कट: सजग रहनुहोला । रोगको सम्भावना, धन हानि, बाधा–व्यवधान आउन सक्छ ।

सिंह: दिन शुभ भएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, सम्मान पाइने देखिन्छ ।

कन्या: दिन बलवान् छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक कार्यमा विजयको सम्भावना छ ।

तुला: समय अनुकूल भएकाले कार्य सफल, सन्तान सुख, धन प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक: अपच, ग्यास्ट्रिक आदिको सम्भावना भएकाले खानपानमा सजगता अपनाउनुहोला ।

धनु: दिन बलियो छ । द्रव्य लाभ, मान–सम्मान, पराक्रम–उन्नतिको सम्भावना देखिन्छ ।

मकर: तपाईंका लागि समय शुभ छ । धन लाभ, सुख–सन्तोष, उपलब्धिमूलक कार्य हुन सक्छ ।

कुम्भ: खाद्यसामग्री वा उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन पाइने सम्भावना देखिन्छ ।

मीन:दिन त्यति शुभ देखिँदैन । धन नोक्सानी, रोग, चोटपटकको भय नहोला भन्न सकिन्न ।