असोज २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल


मेष: सानै प्रयासमा पैसा लाभ, कार्य सिद्धि, उत्तम भोजनको अवसर मिल्ने देखिन्छ ।

वृष: समय शुभ छ । राज्यबाट लाभ, मान–प्रतिष्ठा, सरकारी कार्यमा सफलता होला ।

मिथुन:शुरुमा कार्य बाधा भए पनि मध्याह्नबाट राज्य–सुख, यश, लाभ हुने सम्भावना छ ।

कर्कट:धन लाभ, सम्मान होला । तर दिउँसोबाट भने अस्वस्थता, कार्य बाधा हुने देखिन्छ ।

सिंह: तपाईंका लागि दिन बलवान् छ । आर्थिक लाभ, विजय, पुरस्कारको सम्भावना छ ।

कन्या: समय अनुकूल भएकाले कार्य सफल, धन प्राप्ति, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष होला ।

तुला: शुरुमा पेटको समस्या हुन सक्छ । मध्याह्नपछि भने कार्य सफल, सुख हुने देखिन्छ ।

वृश्चिक: लाभ, व्यावसायिक सफलता होला । तर दिउँसोदेखि स्वास्थ्य समस्या आउन सक्छ ।

धनु:दिन शुभ फलदायक छ । धन लाभ, सुख–सन्तोष, मान–सम्मान, पराक्रम हुने सम्भावना छ ।

मकर: समय शुभ छ । उपहार–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, सन्तुष्टि हुन सक्छ ।

कुम्भ: शुरुमा अस्वस्थता भए पनि मध्याह्नबाट भने खाद्यान्न प्राप्ति, भाग्योदयको सम्भावना छ ।

मीन: समय बलवान् छ । पैसा लाभ, उत्तम भोजन तर दिउँसोबाट नोक्सानी, वादविवाद हुन सक्छ ।