असोज २६ गते शनिबार, यस्तो छ तपाईँको राशिफल


मेष: दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।

वृष: सानै प्रयासले राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, सरकारी कार्यमा सफलता हुने देखिन्छ ।

मिथुन: दिन त्यति अनुकूल देखिँदैन । रोगको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

कर्कट: दिन बलवान् छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि, समस्या समाधान होला ।

सिंह: समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, परीक्षा–खेलकुदमा विजय हुने देखिन्छ ।

कन्या: शुभ समय भएकाले कार्य सफल, सन्तान–सुख, धन प्राप्ति, कार्यदक्षताबाट लाभ मिल्नेछ ।

तुला: सजगता अपनाउनुपर्ला । पेट गडबड, विवाद, दिनचर्या अस्तव्यस्त हुने सम्भावना छ ।

वृश्चिक:दिन उत्तम फलदायक छ । आर्थिक लाभ, सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला ।

धनु: शुभ समयको आगमनले धन लाभ, सन्तुष्टि, सुख–सन्तोष, उपलब्धिमूलक लगानी हुने देखिन्छ ।

मकर: दिन उत्तम छ । उपहार, पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, धन लाभ हुन सक्ने देखिन्छ ।

कुम्भ:दिन अनुकूल नहुँदा बिमारको भय, विवाद, निरर्थक दौडधूपको सम्भावना छ । सजग रहनु बेस ।

मीन: समय उत्तम छ । पैसा लाभ, विविध वस्तु प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ ।