पाल्पाबाट बुटवल आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा  २ जनाको मृत्यु

63.45k
Shares

बुटवल। 

पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जना युवाको मृत्यु भएको छ । मंगलबार बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाइन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल  अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र मोटरसाईकिलको पछाडि सवार दाङकोे राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजय पण्डितले बताए । 

केही महिना पहिले पनि सो सडकमा कार दुर्घटनामा परि  २ महिला  १ पुरुष गरी  ३ जनाको  मृत्यु भएको थियो । सो सडक अहिले मृत्यु  मार्गका रुपमा स्थापित हुँदै गएको छ ।