सवारी दुर्घटनामा ९ जनाको मृत्यु


काठमाडौं।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५ द्वारखोला पुलस्थित मदनभण्डारी राजमार्गमा काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६७८५ नम्बरको बस अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा बसमा सवार भोजपुर हतुवागढी गाउँपालिका-१ बस्ने २६ वर्षीय बुद्दिमान तामाङ र हाल नाम, थर, वतन नखुलेका पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये १२ जनाको घोपा अस्पताल धरानमा, ४ जनाको जानकी हेल्थकेयर जनकपुरमा र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ भने २८ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

बर्दिया, बढैयाताल गाउँपालिका-५ लखनीस्थित सडकमा बढैयातालबाट भोलागौढितर्फ जाँदै गरेको भे.३ प ४६९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बाँके बैजनाथ गाउँपालिका-८ टिटरिया बस्ने २४ वर्षीय राम बृस थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोड मनहरास्थित सडकमा धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको सु.प.प्र.०१००८ प ८९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-१ बस्ने ४० वर्षीय भरत भाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-७ नयाँ सडकस्थित भैरहवा वुटवल सडक खण्डमा रोकी राखेको लु.१ च ६४१८ नम्बरको पिकअप गाडीमा देवकोटा चोकदेखि बर्मेली टोलतर्फ जाँदै गरेको लु.४५ प ३८२६ नम्बरको स्कुटर ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ नुवाकोट भ्यू प्वाईन्टस्थित सडकमा नुवाकोटबाट बुटवलतर्फ जाँदै गरेको लु.४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने १९ वर्षीय बिशाल परियार र मोटरसाइकलमा सवार दाङ राप्ती गाउँपालिका-२ बस्ने १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चाल्ले चौतारास्थित सडक सुर्खेतदेखि चाल्ले चौतारातर्फ आउँदै गरेको क.प्र.०२००१ ख ०९०६ नम्बरको गाडी सोमबार राति दुर्घटना हुँदा गाडीमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ सिंहासैन बस्ने २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दैलेखमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईनरूवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकमा प्र.०१-००१ च ०८४४ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक हाल नाम, थर, वतन नखुलेका २१ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।