काठमाडौँ।
पुण्य गौतममाथि आक्रमण भएको छ । हिजो (सोमबार) राति सवा ९ बजेतिर घर फर्कँदै गर्दा गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको हो। रड प्रहारबाट गौतम गम्भीर घाइते भएका छन्। उनको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
गौतमको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
गौतममाथि कसले किन आक्रमण गर्यो भन्ने विषय खुलिसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया