इँटा उद्योगी महर्जनलाई पितृशाेक


ललितपुर।

 नेपालकाे परम्परागत दाँची इँटा उद्योगी तथा व्यवसायी तथा तीर्थलाल महर्जनलाई  पितृशोक परेको छ । ज्यापू समाज यलका निर्वतमान अध्यक्ष समेत रहेका व्यवसायी महर्जनका पुजनीय पिता किसलाल महर्जनकाे आइतबार  साँझ ९२ वर्षकाे उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो।

 नशाकाे उपचार गराउँदै आएका  महर्जन बुध्दनगरस्थित निवासमा अचानक बेहोस भएपछि अस्पताल लगिएकाे थियाे। स्वर्गीय महर्जन ललितपुरकाे गःछेँ त्वाका परम्परागत धिमे बाजाका मुख्य  गुरु थिए । उनीबाट सुनाकाेठी, बुध्दनगर, तलाछेँ, च्वबूगाहिटी, काेन्ति लगायत स्थानका करिब १ हजार जनाले परम्परागत धिमे बाजा, खिं बाजा सिकेका थिए।

कला, संस्कृति, परम्परा जर्गेनामा अग्रसर स्वर्गीय महर्जन सामान्य किसान पृष्ठभूमिबाट इँटा उत्पादनकाे व्यवसाय शुरू गरेका थिए ।स्वर्गीय महर्जनसहित उनका परिवारले ज्यापू प्रज्ञाभवन, ज्यापू समाजकाे अार्दश निकेतन भवन(वृद्वाश्रम) लगायत विविध सामुदायिक भवन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

महर्जन परिवारले उत्पादन गरेका दाँची इँटा निजीदेखि, सामुदायिक,  सरकारी भवन परम्परागत र कलात्मक शैलीमा बनाउन खपत हुँदै आएकाे छ। स्वर्गीय महर्जनका तीर्थलाल महर्जनसहित चार जना छाेरा र तीन छाेरी रहेका छन्। छाेरा तीर्थलाल महर्जनले बुबाकै प्ररेणाले अाफ्नाे भाषा, संस्कृतिका जे जति याेगदान गरे, त्यसकाे लागि बुबाबाट प्रेरणा मिलेकाे स्मरण गरे।

स्वर्गीय महर्जनकाे साेमबार शंखमाेलस्थित घाटमा नेवाः परम्परा अनुसार दाहसंस्कार गरियो। सामाजिक, सांस्कृतिक, निजी क्षेत्रका विभिन्न महानुभावहरू शंखमाेल पुगेर स्वर्गीय महर्जनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।