नेपाल एयरलाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने


काठमाडौँ ।

नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको छ ।

अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रूको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौँ भैरहवा उडान गर्ने भएको हो ।

नेपाल एयर लाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौँदेखि भैरहवा उडान हुने छ भने भैरहवाबाट १२: ३० बजे काठमाडौँका लागि उड्ने भएको छ ।