जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ


काठमाडौं।

नागार्जुन नगरपालिका-१ रानिवनस्थित काली लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय लालध्वज लामा समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।