यात्रु बोकेका २ निजी  सवारीलाई २०/२० हजार जरिवाना

22.56k
Shares

धादिङ ।

जिल्ला अनुगमन समितिले फोहोर सडेको सामग्री भएको फेलापरेपछि धादिङबेसीकाे ए वान बेकरी उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । 
 प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेकाे नेतृत्वको टोलीबाट आकस्मिक अनुगमन गर्दा  सरसफाइ अत्यन्त कमजोर, भण्डार कोठामा साङ्ला लगायतका किरा, दुईवटा खाद्यान्न सामान म्याद गुज्रेको, फ्रिजमा कतिपय सामान खुला रुपमा राखेको, खुला रुपमा झिँगा भन्केको भेटिएपछि उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख पुरीलेसुझाव सहित कारबाही गरिएको जानकारी दिए । 

बेकरी सञ्चालन मापदण्ड अनुसार गुणस्तर कायम गरेर मात्र उद्याेगलाई सञ्चालन गर्न अनुगमनका क्रममा सुझाव दिइएको छ । 

 निजी नम्बर (राताे नम्बर) काे सवारीले प्रचलित कानुन विपरीत २० भन्दा बढी यात्रु बाेकेर जाँदै गरेको अवस्थामा २ अाेटा सवारी साधनलाई प्रजिअ घिमिरे नेतृत्व अनुगमन टोलीले आइतबार कारबाही गरेको छ । 

नियम विपरीत अति धेरै यात्रु बाेकेर जोखिमपूर्ण रुपमा गाउँ तर्फ जान लागेकाे प्रदेश ३- ०१-०२४-च ६८३९ र ग २ च ९०५३  का २ वटा निजी ४ पांग्रे सवारी साधनहरुलाई २०/२० हजार जरिवाना गरिएको छ । 

  यस्तै असुरक्षित रुपमा यात्रु बाेकेकाे अवस्थामा भेटिएपछि दुई सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
यसैगरि अखाद्य बस्तुबजारमा लगेर  बिक्री गरेको, विल विजक जारी नगरेकाे जिल्ला अनुगमन समिति संयाेजक युवराज अर्यालको नेतृत्व अनुगमन टोलीले मलेखुमा एउटा सवारी साधन फेला पारेर ५ हजार रुपैयाँ जरिवाना गराएको छ । 

प्रदेश ३-०१- ०२४ च ४१८१ नम्बर काे निजी नम्बरको सवारीले बजारमा खान अयोग्य वस्तु विना विल विजक बिक्री गरेपछि कारबाही गरिएको थियाे । 
कर समेत छलिएको सवारी साधनलाई इलाका प्रहरी कार्यालय गजुरीलाई जिम्मा लगाइएको छ । 

निजी नम्बरको सवारी साधनले यात्रु बाेकेकाे समयमा दुर्घटना भएमा बिमा नहुने भएको सबैतिरबाट समस्या आउने , र कानुन विपरीतको काम गरिएको ठहर्ने बताइएको छ ।