पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु


काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको  जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटनमा दुई जना चिनियाँ नागरिक मारिनुका साथै कैयन घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

पाकिस्तानस्थित चिनियाँ राजदूतावासले स्थानीय समय अनुसार राति ११ बजे भएको उक्त विस्फोटनमा ‘धेरै पाकिस्तानी नागरिकहरूले ज्यान गुमाएको र घाइते’ भएको दाबी गरेको छ। 

घटनास्थल पुगेका एक जना प्रहरी  अधिकारी  गुलाम अजफर महेसरले  विस्फोटन पछि एउटा इन्धन ट्याङ्करमा आगो लागेको र त्यसले नजिकै रहेका सवारी साधनमा क्षति पुगेको जानकारी दिए । 

एउटा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए) ले आफूले चिनियाँ इन्जिनियरहरू र लगानीकर्ताहरू सवार सवारीमाथि हमला गरेको भन्दै आक्रमणको जिम्मेवारी लिएको छ।

पाकिस्तानमा चिनियाँहरूले लगानी गरेका छन्। सडक बाटोघाटो निर्माणमा चिनिया सरकार तथा नागरिकको संलग्नता रहेकोमा कतिपय पाकिस्तानी नागरिकले असन्तुष्टि जनाउने गरेका छन्।