विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरि


काठमाडौं ।

‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ सोमबार (आज) ४४ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।  सो अवसरमा कृषि विभागले सोमबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना  गरेको थियो।

ललितपुरमा आयोजित प्रभातफेरि  कार्यक्रममा कृषि  तथा  पशुपन्छी विकासमन्त्री  रामनाथ अधिकारी   सहभागी भएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्रालय , कृषि विभागको आयोजनामा भएको प्रभातफेरीमा मन्त्रालयका सचिवसहित कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

अक्टोबर १६ मा यो दिवस मनाइने भए पनि यस पटक चाडपर्वका कारण असोज २१ गते मनाउन लागिएको विभागले जनाएको छ।