यामलको अर्को कीर्तिमान


एजेन्सी ।

स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामिन यामलले ला लिगा इतिहासमा प्लेयर अफ् द मन्थ अवार्ड जित्ने सबैभन्दा कान्छा खेलाडी बनेर नयाँ कीर्तिमान रचेका छन्।

ला लिगाले गत राति सेप्टेम्बर महिनाका लागि सर्वोत्कृष्ट खेलाडी अवार्ड विजेतामा बार्सिलोनाका १७ वर्षका यामलको नाम घोषणा गरेको हो । ला लिगामा सेप्टेम्बर महिनाभर सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेर यामलले ‘बेस्ट प्लेयर अफ् द मन्थ’ अवार्ड जितेका हुन्। ला लिगामा १७ वर्षकै उमेरमा यो अवार्ड जित्ने यामल पहिलो खेलाडी हुन्।

सेप्टेम्बर महिनामा यामलले जम्मा ४ गोलमा असिस्ट गरे भने एक गोल समेत गरेर सोझै ५ गोलमम योगदान गरेका थिए । उनले ला लिगामा आफ्नो पहिलो खेल एथ्लेटिक बिल्बाओविरुद्ध गरेका थिए। उनका लागि पहिलो ला लिगा गोल नै त्यही थियो । गत सिजन ला लिगामा डेब्यू गरेका यामलले यो सिजन सुरुआतबाटै प्रभावशाली प्रदर्शन गरिरहेका छन्।

१७ वर्षकै उमेरमा उनी बार्सिलोना र स्पेनको राष्ट्रिय टोलीमा समेत एक महत्वपूर्ण खेलाडी बनिसकेका छन् । बार्सिलोनामा उनी पहिलो रोजाइको अट्याकिङ खेलाडी पनि हुन।