बाजुरामा ३ लाख पुरस्कारको गोल्डकप हुने

188
Shares

बाजुरा ।

बाजुरामा तीन लाख धनराशीको छेडे दह गोल्ड कप २०८१ हुने भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कात्र्तिक १ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । हरेक वर्ष दशैं तिहारमा बिशेष हुने फुटबल प्रतियोगिता यो वर्षदेखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताए ।

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्बलको संयुक्त सहकार्यमा आयोजना हुन लागेको गोल्ड कपमा विजेतालाई तीन लाख नगद दिइनेछ । यस्तै, उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेल प्रतियोगितामध्ये यो नै सर्वाधिक धनराशीको आयोजना रहेको दाबी क्लबले गरेको छ। गोल्डकपमा उत्कृष्ट पाँच विधामा थप पुरस्कार दिइने पनि आयोजकले जनायो।