एन्फाको निर्णय मृतकको परिवारलाई रकम दिने

प्रति परिवार ८ लाख दिने


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपियाँ दिने भएको छ।

एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालिन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ।

त्यो कोषमा अन्यलाई सहयोग गर्न अपिल गर्ने तथा फिफा र एएफसीमा थप राहतको लागि अपिल गर्ने पनि एन्फाले जनाएको छ।

असोज ११ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको पहिरोमा परि मृत्यु भएको थियो । यही घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।