बङ्गलादेशविरुद्धको पहिलो टी-२० मा भारत विजयी


काठमाडौं ।

भारतले बङ्गलादेशविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो।

बङ्गलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले १९.५ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो।

यो जितपछि ३ खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुँदै छ।