दाउन्ने सडक दुई तर्फी सञ्चालन


नवलपरासी ।

 दाउन्ने सडक दुई तर्फी सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको हो।

प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिनेक्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस अघि शुक्रवार साँझ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो भने त्यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।