हिमाल र योङगीलाई स्वर्ण


काठमाडौं ।

हिमाल विष्ट र योङगी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण जितेका छन् । यु–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा योङगी पहिलो भएका हुन्। दुवै होप्स टेबलटेनिस एकेडेमीका हुन्।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको ब्वाइज फाइनलमा हिमालले यल टबेलटेनिसका विशाल गोलेलाई ७–११, १४–१२, ११–९, १२–१०, ५–११ र ११–२ को सेटमा पराजित गरे। होप्सका रितिम गुरुङ र यलकाका एलेन महर्जन तेश्रो भए।

गर्ल्सको उपाधि भिडन्तमा योङगीले भक्तपुरकी दिया देउलालाई ११–८, ११–९, ८–११, १२–१० र ११–८ को सेटमा हराइन् । भक्तपुरकी सोनम ठाकुर र यलकी अंकिता वज्राचार्य तेश्रो बने ।